२०८३ असार ५ गते, शुक्रबार
२०८३ असार ५ गते, शुक्रबार

झापा । विश्व रक्तदाता दिवसको अवसरमा हल्दिबारी जेसीजले बिर्तामोडस्थित तारा नमस्ते बालग्राममा आश्रित बालबालिकाहरूका लागि निःशुल्क रक्त परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।

मञ्जु मेमोरियल हेल्थ सेन्टरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा बालग्राममा रहेका ३२ जना बालबालिकाको निःशुल्क रक्त परीक्षण गरिएको थियो। साथै उनीहरूका लागि आवश्यक खाद्यान्न सामग्री समेत वितरण गरिएको थियो। रक्त परीक्षण डा. सुरज शर्माले गर्नुभएको थियो।

हल्दिबारी जेसीजका अध्यक्ष जेसी नितेश खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा नमस्ते बालग्रामकी कार्यकारी प्रमुख यशोदा पोखरेल, प्रमुख सल्लाहकार जेसी हिमा मिश्र पौडेल, डा. सुरज शर्मा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव जेसी अनिल चौहानले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी प्रमुख पोखरेलले अभिभावकविहीन बालबालिकाप्रति देखाइएको सहयोग र सद्भावले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो। प्रमुख सल्लाहकार पौडेलले हल्दिबारी जेसीजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय तथा सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।

त्यसैगरी डा. शर्माले विश्व रक्तदाता दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रम सान्दर्भिक र प्रेरणादायी रहेको बताउँदै स्वास्थ्य परीक्षण तथा रक्तदानको महत्वबारे जानकारी दिनुभयो।

कार्यक्रमको समापनमा अध्यक्ष खरेलले विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रमहरू भइरहेका बेला हल्दिबारी जेसीजले अभिभावकविहीन बालबालिकालाई लक्षित गरी फरक र सन्देशमूलक कार्यक्रम आयोजना गरेको बताउनुभयो। आगामी दिनमा पनि समाजसेवा, मानवीय सहयोग र सामाजिक रूपान्तरणमा योगदान पुग्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

सहभागीहरूले सामाजिक सेवा, मानवीय भावना र अपनत्वको उदाहरणका रूपमा रहेको उक्त कार्यक्रमले विश्व रक्तदाता दिवसलाई थप अर्थपूर्ण बनाएको बताएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।