२०८३ असार ९ गते, मंगलवार
२०८३ असार ९ गते, मंगलवार

सचेत युवा समूह फुलबारीद्वारा उपचाररत नगेन्द्र श्रेष्ठलाई ९५ हजार ८५० रुपैयाँ सहयोग हस्तान्तरण

झापा। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–०२ फुलबारी घर भई हाल झापामा बसोबास गर्दै आउनुभएका नगेन्द्र प्रसाद श्रेष्ठको उपचारका लागि सचेत युवा समूह फुलबारीले ९५ हजार ८५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

फुलबारी साविक वडा नं. ६ निवासी श्रेष्ठ केही महिनाअघि घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते हुनुभएको थियो। शरीरमा गम्भीर चोटपटक लागेपछि उहाँको शल्यक्रिया गरिएको भए पनि घाउ पूर्ण रूपमा निको नभएको र चिकित्सकको सल्लाहअनुसार थप उपचार आवश्यक रहेको जनाइएको छ। हाल उहाँ प्रादेशिक अस्पताल भद्रपुर (मेची) मा उपचाररत हुनुहुन्छ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि श्रेष्ठका परिवारले सचेत युवा समूह फुलबारीसमक्ष सहयोगका लागि आग्रह गरेका थिए। सोही आग्रहपछि समूहले देश–विदेशमा रहेका फुलबारीवासी, आफन्तजन, शुभेच्छुक तथा सहयोगी मनहरूबाट आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको हो।

समूहका अनुसार विभिन्न सहयोगीहरूबाट संकलित कुल ९५ हजार ८५० रुपैयाँ उपचाररत श्रेष्ठ र उहाँका परिवारलाई प्रादेशिक अस्पताल भद्रपुर (मेची) मै पुगेर हस्तान्तरण गरिएको हो।

सहयोग रकम हस्तान्तरणका क्रममा सचेत युवा समूह फुलबारीका प्रतिनिधिहरू टंक बिमली, प्रेम श्रेष्ठ, भीम सेन्दाङ, विष्णु तामाङ, बुद्धराज सेन्दाङ र ईशा श्रेष्ठको उपस्थिति रहेको थियो। साथै भद्रपुर–०५ का युवा समाजसेवी बासु बानको समेत सहभागिता रहेको थियो।

“फूलबारीका सचेत युवाको एउटै सारः सकारात्मक सोच, समृद्ध समाजको आधार” भन्ने नाराका साथ सामाजिक कार्यमा सक्रिय सचेत युवा समूह फुलबारीले बिरामी श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग अभियानमा जोडिनुहुने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेको छ।

समूहले संकटको समयमा गरिने मानवीय सहयोग नै समाजको वास्तविक पहिचान भएको उल्लेख गर्दै आर्थिक रूपमा कमजोर अवस्थामा रहेका बिरामी तथा पीडित परिवारका लागि सामूहिक सहयोग अत्यन्त महत्वपूर्ण हुने जनाएको छ।

सचेत युवा समूह फुलबारीले देश तथा विदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै संकलित रकमले नगेन्द्र श्रेष्ठको उपचारमा केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

 

सहयोगी हातहरू

१. सबिन सेन्दाङ लिम्बु — रु. १,०००/- २७. केवल गुरुङ — रु. ३,०००/- ५३. किशोर दर्नाल — रु. २,००५/-
२. सुदिप सेन्दाङ (लायन) — रु. ५१०/- २८. हेम श्रेष्ठ — रु. १,५००/- ५४. झलक लिम्बु — रु. १,०००/-
३. रमेश चुडाल — रु. १,५००/- २९. राम कुमार मेच्याङ्बो — रु. ९९०/- ५५. नवीन सेन्दाङ — रु. १,००५/-
४. ईशा श्रेष्ठ — रु. ५००/- ३०. भीष्म पाठक — रु. २,५०५/- ५६. छत्र गुरुङ — रु. २,०००/-
५. हरि निरौला — रु. ५५५/- ३१. मन कुमार तामाङ — रु. १,५००/- ५७. सुवास दाहाल (हाल साउदी) — रु. ६२०/-
६. पदम श्रेष्ठ — रु. ५००/- ३२. सुन्दर श्रेष्ठ — रु. १,५००/- ५८. प्रेम साँबा — रु. ५००/-
७. योगेन्द्र बिमली — रु. २,५००/- ३३. अभिषेक तामाङ — रु. २,०००/- ५९. विनोद सेन्दाङ — रु. १,५००/-
८. राजकुमार दर्नाल — रु. १,०००/- ३४. बुद्धमाया तामाङ — रु. १,५००/- ६०. सन्तोष शेर्पा — रु. ३,०००/-
९. भक्तराज सेन्दाङ — रु. १,०००/- ३५. सन्तोष सिटौला (हाल माल्टा) — रु. १,०००/- ६१. गोपाल सिटौला — रु. १,०००/-
१०. जानुका श्रेष्ठ — रु. ६००/- ३६. अमिर सेन्दाङ — रु. ५००/- ६२. राजनकुमार न्यौपाने — रु. १,५००/-
११. अर्जुन सेन्दाङ — रु. २,५५५/- ३७. गंगा श्रेष्ठ (फुलबारी भाँडा पसल) — रु. ५००/- ६३. गोपाल गुरुङ — रु. ५००/-
१२. अनिता तामाङ — रु. ५०५/- ३८. सुवास दर्नाल — रु. ५५५/- ६४. सूर्य मान गुरुङ — रु. २,५११/-
१३. गोविन्द प्रसाद बिमली — रु. १,००५/- ३९. जुना आङबुहाङ — रु. ५००/- ६५. दिपेश सेन्दाङ (खिमु) — रु. ५५५/-
१४. किरण ओली — रु. ५००/- ४०. सबिन चुडाल (हाल दोभान बजार) — रु. ५५५/- ६६. जानुका चुडाल — रु. ५००/-
१५. सञ्जीव तामाङ — रु. १,०००/- ४१. तेजिन्द्र शेर्पा — रु. ५५०/- ६७. भीम श्रेष्ठ (साबिक फुलबारी–४, हाल झापा) — रु. ५५०/-
१६. प्रेम प्रसाद श्रेष्ठ — रु. २,५०५/- ४२. राज कुमार श्रेष्ठ (हाल झापा) — रु. २,०००/- ६८. डिल्लीराम चुडाल — रु. १,१००/-
१७. दल बहादुर बिष्ट (फावाखोला) — रु. १,०००/- ४३. टाँसी लामा (सक्रान्ति तेह्रथुम) — रु. १,५००/- ६९. प्रजिन हाङ्बाङ — रु. २,१००/-
१८. भीम श्रेष्ठ — रु. २,०००/- ४४. प्रदीप कुमार शेर्पा — रु. १,०००/- ७०. नवीन गुरुङ — रु. ५१०/-
१९. खगेन्द्र सेन्दाङ — रु. ५००/- ४५. क्षितिज पेम्बु (हाल युके) — रु. ३,०००/- ७१. शंकर शेर्पा — रु. २,५००/-
२०. टिकाराम श्रेष्ठ — रु. ५५०/- ४६. प्रकाश शेर्पा — रु. १,५००/- ७२. बुद्धराज सेन्दाङ (VC) — रु. १,१११/-
२१. राजन कार्की (धनकुटा) — रु. २,०००/- ४७. तेजकुमार गुरुङ — रु. ९९९/- ७३. बुद्धि सागर सेन्दाङ — रु. ५१५/-
२२. जीवन सेन्दाङ (लाहुरे) — रु. ३,०००/- ४८. गंगा प्रधान — रु. २,२२२/- ७४. अनुप सेन्दाङ (बिसाल) — रु. १,०००/-
२३. दिलकुमार प्रधान — रु. ५१५/- ४९. सुभाष ढोली — रु. ५००/- ७५. विष्णु तामाङ (योजन) — रु. १,५००/-
२४. प्रकाश तामाङ — रु. १,५००/- ५०. शुक्रराज सेन्दाङ — रु. १,२००/- ७६. टंक प्रसाद बिमली — रु. ५०३/-
२५. आयुष लिम्बु (एस्पाञ्जली बेकरी हाउस) — रु. १,०००/- ५१. जोहन लिम्बु (सबीन) — रु. १,००५/- ७७. अमृत सेन्दाङ — रु. ५,०००/-
२६. कुमार उप्रेती — रु. ५००/- ५२. कुमार शेर्पा — रु. ५०५/-  

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।